केन्द्रसंगै ६ वटा प्रान्तमा बाम सरकार तथा २ नं. प्रदेशमा मशेधी सरकार बन्ने

227
SwadeshPost

प्रत्यक्षसंगै समानुपातिक मतको अन्तिम मतपरिणाम आउँदै गर्दा बाम गठबन्धनले देशको केन्द्रसंगै ६ वटा प्रान्तमा सरकार बनाउन सक्ने देखिएको छ ।

कुनै ठूलै उथलपुथलकारी राजनैतिक परिघटना नभए नेपालम हाल कायम सातवटा प्रान्तहरुमध्ये तराई तथा मधेश समेटिएको २ नं. प्रदेशबाहेक अन्य सबै सरकारहरुमा बामपन्थी नेतृत्व रहने छ । देशभरको मतपरिणाम अनुसार २ नम्बर बाहेक अन्य प्रदेशहरुमा नेकपा (एमाले) पहिलो पाटी बन्ने छ ।

प्रदेश १, ३, ५, ६ र ७ मा बाम गठबन्धन दुई तिहाई बहुमतकै नजिक पुग्ने देखिन्छ । प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ भने प्रदेश नम्बर ४ मा चाहिं गठबन्धन सामान्य बहुमततर्फ अग्रसर छ ।

तराईका ८ जिल्ला रहेका प्रदेश नम्बर २ मा चाहिं बाम गठबन्धन अगाडि छैन । त्यहाँ प्रत्यक्षतर्फ संघीय समाजबादी फोरम २० सीट र राष्ट्रिय जनता पार्टी नेपाल १५ सीटका साथ पहिलो र दोस्रो स्थानमा छन् भने एमाले १४ सीटका साथ तेस्रो स्थानमा छ । त्यहाँ जारी समानुपातिकतर्फको मतगणनाका अहिलेसम्म देखिएको प्रवृत्तिलाई केलाउँदा फोरम र राजपा मिलेमा सामान्य बहुमतको नजिक पुग्न सक्छन् ।

तसर्थ, नेपालको केन्द्र र ६ वटा प्रदेशहरुमा वामपन्थी सरकारले समृद्धिको एजेण्डामा काम गरिरहेको हुने आँकलन हुँदैगर्दा प्रदेश नं. २ मा पहिचानको एजेण्डालाई पहिलो स्थानमा राखी सरकार सञ्चालन हुने राजनैतिक विश्लेषकहरुको राय रहेको छ ।

SwadeshPost