सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने माओवादी केन्द्रको निर्णय

304
SwadeshPost

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको जनाएको छ ।

प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमवार पेरिसडाँडामा बसेको बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि बढाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले राष्ट्रिय सभा गठन प्रक्रिया राष्ट्रिय मुद्दा भएकाले प्रमुख तीन दल बसेर राजनीतिक रुपमा समाधान गर्न पहलकदमी लिने निर्णय समेत गरेको छ ।

मंसिर १० र २१ गते भएको चुनावमा एमाले र माओवादीले गठबन्धन गरी ६० र ४० प्रतिशत सिट बाँडेका थिए । दुबै पार्टीले त्यतिबेलै चुनावपछि पार्टी एकता हुने बताएका थिए । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुने बताए पनि समय सीमा भने तोकेका थिएनन् ।

SwadeshPost