माडी नगरपालिकाको आर्थिक बर्ष २०७४/७५ का सम्पूर्ण योजनाहरु सम्पन्न

214
SwadeshPost

माडी नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ का सम्पूर्ण योजनाहरु सम्पन्न गरेको जनाएको छ ।

स्वदेश एफ.एम.को बहसमुलक कार्यक्रम ‘स्वदेश बहस’संग कुराकानी गर्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले एकाधबाहेक सम्पूर्ण योजनाहरु सम्पन्न भएको जनाउनुभयो । बाँदरझुला पुग्ने बाटो र तीन चार लाख लागतका केहि योजनाहरु बाहेक अन्य सम्पूर्ण कार्यक्रम सम्पन्न भई भुक्तान गरिएको उहाँको भनाई छ ।

स्वदेश बहससंग कुराकानीका क्रममा नगर प्रमुख ढकालले भर्खरै सकिएको आर्थिक बर्षमा जनआकंक्षा अनुरुप सम्पूर्ण काम गर्न नसकेको भएपनि आउँदा चारबर्षमा धेरै काम गर्ने जिकीर गर्नुभयो । माडीका खोलामा तटबन्ध नभई खोला खोल्दा आएको बालुवा गिटी थुपारिएको तर त्यसलाई तटबन्धनमा खर्च गरेको भन्दै केहि पक्षले आलोचना गरिहरेको उहाँको आरोप थियो ।

SwadeshPost