मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

स्वदेशपोष्ट विशेष

माडीको राईटोलमा खानेपानी परियोजना सञ्चालन, स्थानीयबासी खुसी

  • A
  • A+
  • A++

पिउनेपानीको अभावको समस्याले थलिएको पूर्वी माडीको राईटोलमा खानेपानी परियोजना सञ्चालन भएसंगै स्थानीयबासी खुसी भएका छन् ।

विज्ञापन १

वाइन टु वाटर नामको गैरसरकारी संस्थाको सहयोगमा राईटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सो खानेपानी परियोजना सञ्चालन गरेको हो । माडी नगरपालिका तथा माडीका युवाहरुको संस्था शिप नेपालको सहयोगमा सञ्चालित सो खानेपानी परियोजनाबाट राईटोल तथा सो वरपरका करीब २०० घरधुरी लाभान्वित भएको जनाइएको छ ।

विज्ञापन २

यसैबिच, परियोजना निर्माण पश्चातको तीनदिने तालिम मंगलबारदेखि राईटोलमा सुरुवात भएको छ । परियोजना सञ्चालन तथा खानेपानी आयोजनाको व्यवस्थापनका लागि सो तालिम सञ्चालन भएको परियोजनाका फिल्ड प्रमुख अभिषेक केसीले स्वदेश एफ.एम. तथा सञ्चारपाटी अनलाइनलाई जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया