चितवन खबर पोष्ट

चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा दर्शनार्थीहरुको भीड (भिडियो सहित)

माडी चितवन – चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा आज दर्शनार्थीहरुको भीड लागेको छ । चैते दसैँअन्तर्गत महाअष्टमीको दिन र शनिबार भएकोले पनि आज विशेष भीड लागेको हो ।

भीडको सही व्यवस्थापन हुन नसक्दा कसरा पुलमा दर्शन गरेर फर्कने र दर्शन गर्न जाने दर्शनार्थीहरुलाई असहज भएको छ । भीडकै कारण भरतपुर हुँदै माडी जाने सवारीसाधनलाई समेत राप्ती पुल वारपार गर्न कठिन भएको छ । राप्ती नदीको पुल एकतर्फी (वान वे ब्रिज) रहेकाले एकैपटक सवारी वारपार गर्न नसकी पालो पर्खिनुपर्ने अवस्थाबिच मेला भर्नेहरुको भीडका कारण घण्टौं जाममा पर्नुपरेको एक यात्रुले बताए ।

विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायको पूजामा अकर्षण बढ्दै गएको छ । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार