

माडी, चितवन — माडी नगरपालिका वडा नं ५ स्थित छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चण्डी प्रसाद दुबे चयन हुनुभएको छ। नेपाल दराई उत्थान समाजको सभाहलमा सम्पन्न कार्यक्रममा दुबे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

समितिको उपाध्यक्षमा कल्पना पोख्रेल, सचिवमा प्रदिप प्रसाद पौडेल, कोषाध्यक्षमा पदम बहादुर क्षेत्री र सहसचिवमा बाटुली हरिजन चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा तिलक भुषाल, भवानी दराई, श्यामकुमारी र युवराज अधिकारी चयन भएका छन्।

यसैगरी, सल्लाहकार समितिमा पूर्व अध्यक्ष यामलाल पोख्रेल र पूर्व सचिव कृष्णलाल न्यौपानेसंगै टेकनाथ पौडेल र पिताम्बर पोख्रेल रहेका छन्। प्राविधिक समितिमा टेकनाथ पौडेल र बाबुराम पोख्रेल चयन हुनुभएको छ। कार्यक्रम वडा अध्यक्ष गणेश प्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
