चितवन खबर पोष्ट

अष्ट चीरञ्जीवि मध्येका एक, भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइयो

माडी, चितवन — अष्ट चीरञ्जीवि मध्येका एक तथा भगवान बिष्णुका छैठौं अवतार रहेका भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइएको छ ।

पर्शुराम धाम धार्मिक पर्यटन समिति र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना तथा वैदिक सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडीको सह-आयोजनामा पर्शुराम जयन्ती विशेष कार्यक्रम सम्पन्न भएको हो ।

पर्शुराम धामका अध्यक्ष छविलाल भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लक्ष्मीनारायण मन्दिर एवं गुरुकूलका पीठाधीश जगन्नाथ कँडेलको प्रमुख आतिथ्य तथा माडी नगरप्रमुख ताराकाजी महतो, उपप्रमुख खेमप्रसाद महतो लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

हाल, पर्शुराम पार्कमा विश्वकै अग्लो २७ फिट उचाईको परशु (बञ्चरो) प्रतिस्थापनको तयारी समेत संगसंगै अगाडि बढेको पर्शुराम धाम धार्मिक पर्यटन समितिले जनाएको छ । सम्पूर्ण हिन्दू समाजका आदर्श रहेका पर्शुरामले माडीको गोद्धक क्षेत्रस्थित पर्शुराम कुण्डमा स्नान गरी आफ्‌नी माता रेणुकाको पापमोचन गरेको कथन छ ।

तपाईको प्रतिक्रिया