स्वदेश एफ.एम.बाट समाचार तथा विचारमुलक कार्यक्रमहरुको प्रशारण सुरुवात

205
SwadeshPost

नयाँ आर्थिक बर्षको सुरुवातसंगै स्वदेश एफ.एम. ९३.२ मेगाहर्जले आज मंगलबारबाट समाचार तथा विचारमुलक रेडियो कार्यक्रमहरुको प्रशारण सुरुवात गरेको छ ।

गतबर्ष मंसिर ७ गतेबाट माडी म्युजिक एफ.एम.को नाउँबाट सुरुवात भएको साे रेडियोले माघ १५ गतेबाट फ्रिक्वेन्सीमा प्रसारण सुरुवात गरेको थियो । त्यस यता स्वदेश एफ.एम.ले विभिन्न सामाजिक तथा समसामयिक कार्यक्रमको सञ्चालनसंगै सांगितिक र सुचनामुलक रेडियो सामग्रीहरु प्रस्तुत गर्दै आइरहेको छ ।

माडी क्षेत्रबाट व्यवसायिक तरिकाले सत्यतथ्य, सन्तुलित, निस्पक्ष र गैरराजनीतिक रेडियो सञ्चालनको आवश्यकता महसुस गरी स्वदेश इन्फोसिस (प्रा.) लि.ले यस रेडियोको सञ्चालन गरिरहेको हो । माडीको बसन्तपुरमा प्रधान कार्यालय रहेको यस सुचना तथा सञ्चार प्रविधीमुलक कम्पनीले रेडियोसंगै स्वदेश युट्युब टि.भी. र सञ्चारपाटी अनलाइन पत्रिकाजस्ता मिडिया र माडी फ्लेक्स एण्ड कम्प्युटर्स लगायतका सेवामुलक संस्था सञ्चालन गरिरहेको छ ।

SwadeshPost