चितवन खबर पोष्ट

सीमान्तकृत महिलाको आर्थिक अवस्था उत्थानमा माडी नगरपालिकाको प्रयासबारे सुनुवाई सञ्चालित

माडी, चितवन — सीमान्तकृत महिलाहरूको आर्थिक अवस्थाको उत्थानका लागि माडी नगरपालिकाको प्रयासबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

एक्सनएड नेपालको सहयोग तथा चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजनामा माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सो सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर क्षेत्रका विभिन्न वडाका महिलाहरूले स्वरोजगार, सिप विकास, आर्थिक पहुँच, सामाजिक सुरक्षा लगायतका विषयमा आफ्ना अनुभव, गुनासो तथा सुझावहरू राखेका थिए ।

माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, तथा नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति रामबन्धु पोख्रेलले सहभागीहरुको जिज्ञासाहरु उत्तरित गर्नुभएको थियो ।

नगरप्रमुख महतोले महिला सशक्तिकरणलाई माडी नगरपालिकाको प्राथमिकताको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, नगर उपप्रमुख खेमप्रसाद महतोले महिलाको आर्थिक अधिकार सुनिश्चित गर्नका लागि स्थानीय सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्षहरू, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय महिला समूह तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार