६० लाखको लागतमा माडीको प्याउलीखोलामा रीउ तटबन्धन कार्य सम्पन्न

530
SwadeshPost

प्याउलीखोला उपभोक्ता समितिले माडीको प्याउलीखोलामा रीउ खोला तटबन्धन कार्य सम्पन्न गरेको छ । ६० लाखको लागतमा सम्पन्न गरिएको उक्त निर्माणकार्यका लागि जनश्रमदानबाट करीब १० लाख जुटाइएको थियो । तटबन्धनबाट ४५ घरधुरी लाभान्वित हुने तटबन्धन उपभोक्ता समितिका अध्यक्ष मान बहादुर बिष्टले जानकारी दिनुभयाे ।

यसैबिच, अाइतबार एक कार्यक्रमका बिच प्याउली ड्यामलाई सार्वजनिकीकरण गरिएको छ । माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल तथा वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी लगायतको टोलीले ड्यामको अवलोकन गरी सार्वजनिकीकरण गर्नुभएको हो । कार्यक्रममा प्याउली क्षेत्रका स्थानीयबासी र सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको ड्याम उपभोक्ता समितिका अध्यक्ष विष्टले जनाउनुभयाे ।

माडीको सुदुर पुर्वी भेगमा रहेको प्याउली क्षेत्रमा रीउ नदीले हरेक बर्ष कटान गर्दै आएको छ भने गाउँमा बाढी पस्ने गरेको छ । तटबन्धन कार्य सम्पन्न भएपछि भने प्याउलीखोलाबाट प्रभावित स्थानियहरुले राहतको महसुस गरेका छन् ।

SwadeshPost