२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विगतमा चुनाब लडिसकेका पुराना नेताहरुलाई प्राथमिकता सुचिमा समेट्दै उम्मेदवार सिफारिस गरेको छ ।
चितवन क्षेत्र नं.१ बट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ सिफारिस हुनेहरुमा राजेन्द्र प्रसाद बुर्लाकोटी, इन्द्र कमल बुढाथोकी, उत्तम आचार्य, कुमार कार्की, बासुदेव ढुंगाना, कृष्ण प्रसाद सुवेदी, सुवास चन्द्र बराल, भरत प्रसाद खनाल, गोविन्द गौतम, दिवाकर अर्याल, ऋषिश्वर थपलिया र गीता देवकोटा रहनुभएको छ ।

त्यस्तै चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस हुनेहरुमा राजेश्वर खनाल, देवेन्द्र गुरुङ, राजन कार्की, जितनारायण श्रेष्ठ, विपेन्द्र रामुदामु (विपिन), गीताकुमारी गुरूङ, कैलाश कोइराला, भूपतिदास सापकोटा, मिनाकुमारी खरेल र विनोद ढकाल रहनुभएको छ ।

यसबाहेक, माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस हुनेहरुमा दिनेश कोइराला, अन्जनी श्रेष्ठ, लाल बहादुर दवाड़ी, विजयराज शर्मा भुषाल, साजन कुमार महतो, बेल बहादुर गुरुङ, कैलाश कोइराला, भरत गुरुङ, पूर्ण बहादुर गुरुङ, रामप्रसाद अधिकारी, सूर्य ढकाल, तारानाथ पौडेल र भरत प्रसाद सापकोटा रहनुभएको छ ।
कांग्रेस चितवन क्षेत्र नं. १, २ र ३ बाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै जिल्ला समितिले रायसहित केन्द्रीय समितिलाई प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको सूची सिफारिस गरेको हो ।

