माडी (स्थानीय) खबर पोष्ट

नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस

२५ मंसिर, माडी । नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गर्नेक्रममा काँग्रेस चितवनले गुरौलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको हो ।

गुरौसहित राष्ट्रिय सभाका लागि टेक प्रसाद गुरुङ, चन्द्रध्वज गुरुङ, रामकृष्ण घिमिरे, तोपमान सिं गुरुङ, कृष्ण बहादुर घले र कर्ण बहादुर गुरुङको समेत नाम सिफारिस भएको छ । क्षेत्र नं.१, २ र ३ बाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै रायसहित केन्द्रीय समितिलाई उम्मेदवारको सूची सिफारिस गरिएको नेपाली कांग्रेस चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया