हुलाकी सडकमा खाल्डाखुल्डी भई पानी जम्दा यातायात सेवा प्रभावित

309
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी र ठाेरीको हुलाकी सडकमा खाल्डाखुल्डी भई पानी जमेका कारण यातायात सेवा र जनजीवन प्रभावित हुन थालेको छ ।

बर्षायाम चदिरहँदा बर्षा भएसंगै चितवन राष्ट्रिय निकुञ्ज, माडी र ठाेरी क्षेत्रका सडकमा खाल्डाखुल्डी भइ पानी तथा हिलो जम्मा हुन थालेको छ । हिलो र पानीका कारण पैदलयात्रीसंगै साइकल, मोटरसाइकल र सानाठूला सवारी साधनमा यात्रा गर्न कठिनाई हुन थालेको हो । हुलाकी मार्ग अन्तरगत बनकट्टा बगही सडक खण्डको नियमित मर्मतसम्भार हुन नसक्दा समस्या बढेको हो । हुलाकी सडकलाई स्तरोन्नति गरी फराकिलो बनाउने जिम्मेवारी पाएको आशिष कन्स्ट्रक्सनले सडक निर्माण काममा ढिलासुस्ती गरिरहेकाले सडकको समस्या हल हुन नसकिरहेको हो ।

यसैबिच, माडीका भित्री बाटोहरुमा समेत खाल्डाखुल्डी भई हिलो र पानी जम्ने समस्या बढेको छ । राम्ररी ग्राभेल नभएका ठाउँहरुमा देखिएको यस्तो समस्याका कारण गाउँघरमा समेत आवतजावतमा समस्या पर्नुका साथै दुर्घटनाको जोखिम बढेको देखिएको छ ।

(तस्वीर : विजय बि.क./स्वदेशपाेष्ट )

SwadeshPost