२३ पाैष, माडी । ऊर्जा मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।
राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री कार्कीले घिसिङलाई खादा लगाएर औपचारिक बिदाइ गर्नुभयो । घिसिङको कामको प्रशंसा गर्दै उहाँले धन्यवाद व्यक्त समेत गर्नुभयो । सरकार धेरै प्रतिकूल अवस्थामा सञ्चालन भइरहेका बेला घिसिङले गरेका काम स्मरणीय रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले उहाँसामु राजीनामा दिन सुझाव राख्नुभएको थियो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेपछि गैरदलिय सरकारमा निरन्तर मन्त्री रहनु अनुचित भएको भन्दै बढ्दो आलोचना र दबाबका कारण घिसिङले अन्ततः पद छाड्नुभएको हो ।



