‘केपी ओली नेतृत्वकाे सरकार कम्युनिष्ट सरकार हाेइन’ : नेकपा नेता सन्देश

506
SwadeshPost

बिप्लव नेतृत्वको नेपाल कप्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका माडीका युवा नेता सन्देश पौडेलले प्रधानमन्त्री के.पी. ओली नेतृत्वको वर्तमान सरकार कम्युनिष्ट सरकार नभएको आरोप लगाउनुभएको छ ।

वर्तमान सरकारलाई कम्युनिष्ट नभई दलाल पुँजीपति वर्गको सरकार भन्ने आरोप लगाउँदै नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्ड र के.पी. ओली नेतृत्वको नेकपाले संसदीय पुँजीवादी व्यवस्था स्वीकार गरेको, बुर्जुवा व्यवस्थालाई मान्यता दिएको, बर्ग सत्रुसंग आत्मसमर्पण गरेको र दलाल पुँजीपति वर्गको सेवा गरेको आरोप लगाउनुभएको छ ।

स्वदेश एफ.एम.तथा स्वदेश अनलाइन टि.भी.को नियमित बहसमुलक कार्यक्रम स्वदेश बहससंग कुराकानी गर्दै नेकपा (विप्लव) निकट नेता पौडेलले आफूहरुको पार्टीमात्रै सच्चा कम्युनिष्ट पार्टी भएको जिकिर गर्नुभयो । एकीकृत जनक्रान्तिको माध्यमबाट बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु, जनताका बिचमा रहेका उत्पीडन, भेदभाव तथा अन्य सामाजिक समस्यहरु समाधानक लागि संघर्ष गर्नु तथा राष्ट्रघात, महंगी, भ्रष्टाचार आदिका बिरुद्ध संघर्ष गर्नु आफ्नो पाटीको अहिलेको कार्यदिशा रहेको नेता पौडेलको भनाई थियो ।

एक छुट्टै प्रसंगमा उहाँले माडीका बामपन्थी अगुवाहरुसंगै माडीको जनसमुदाय संधै क्रान्तिकारी चरित्रको रहेकाले ढिलो चाँडो माडीको जनसमुह क्रान्तिकारी शक्तिको वरपर गोलबन्द हुने जिकिर गर्नुभयो । जनताले मुक्तिका लागि गर्ने शसस्त्र बिद्रोहमा आफ्नो पार्टीेको समर्थन र नेतृत्व रहने जनाउँदै उहाँले निकट भविष्यमा सशस्त्र बिद्रोह सुरुवात हुनसक्ने संकेत पनि गर्नुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost