डाँडागाउँ खानेपानी परियोजना निर्माण बिषयमा प्रारम्भिक छलफल

221
SwadeshPost

खानेपानीको समस्यामा रहेको गोद्धक नजिकैको कल्याणपुर डाँडागाउँमा खानेपानी परियोजना निर्माण गर्ने बिषयमा प्रारम्भिक छलफल भएको छ । ‘वाइन टु वाटर’ नामको गैरसरकारी संस्थाको ८० प्रतिशत लगानी तथा बाँकी २० प्रतिशत स्थानीय उपभोक्ता वा सरकारी निकायको रहने गरी खानेपानी निर्माणको योजना अगाडि बढेको हो ।

माडी नगरपालिका वडा नं. १ कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुर, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति गर्दी र वाइन टु वाटरको बिच संयुक्त बैठक बसी योजना अगाडि बढाउने सम्बन्धमा साेमबार छलफल भएको हो । करीब ६० लाख रुपैंया लागत रहो प्रारम्भीक आँकलन रहेको सो योजना सम्पन्न भएसंगै कल्याणपुर र शिखारीपुर गाउँ क्षेत्रका करीब ९७ घरधुरी लाभान्वित हुने वाइन टु वाटरका फिल्ड स्टाफ अभिषेक बस्नेतले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost