माडीमा जन्मदिनको अवसरमा गरीब तथा जेहेन्दार बिद्यार्थीलाई साइकल प्रदान

154
SwadeshPost

माडीको खैरहनी माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थी बिना महतोलाई पु्रस्कारस्वरुप साइकल प्रदान गरिएको छ । आफ्नो ३२ औं जन्मदिनको अवसर पारी खैरहनी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका फोटोग्राफर कृष्ण न्यौपानेले महतोलाई साइकल प्रदान गर्नुभएको हो । विद्यालयले छनौट गरेको गरीव, जेहेन्दार र अनुशासित विद्यार्थी महतोलाई न्यौपानेका माता श्यामकला न्यौपानेले साइकल हस्तान्तरण गर्नुभयो ।

सफल फोटोग्राफर तथा खैरहनी माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी कृष्ण न्यौपानेले गतबर्षदेखि आफ्नो जन्मदिनमा आफूले पढेको विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई साइकल उपहार दिन सुरु गर्नुभएको थियो । गतबर्ष छात्र समिर घिमिरेलाई साइकल प्रदान गरिएको थियो । न्यौपानेले विद्यालयको आगामी बार्षिकोत्सवमा पिता स्व. शिवलाल न्यौपानेको स्मृतिमा विशेष पुरस्कारबाट विद्यार्थीहरुलाई सम्मान गरिने समेत जनाउनुभएको छ । विहिवार विद्यालयमा सम्पन्न उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका सह–प्रधानाध्यपक केशव न्यौपाने, शिक्षक भागिरथ बस्याल, माधव बस्नेत लगायतले न्यौपानेलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

SwadeshPost