बहुप्राबिधिक शिक्षालय अाफ्नाे गाउँमा लैजान भैरवपुर र सितलपुरबासी जुटे

573
SwadeshPost

दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालय आफ्नो वडामा स्थापना गर्न माडी नगरपालिका वडा नं. २ का बासिन्दाहरु जुटेका छन् । हिजो भैरवपुरमा बसेको गाउँ भेलाले दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालय भैरवपुर आधारभूत विद्यालयमा स्थापना गर्न ५ बिगाहा ५ कठ्ठा जमीन जुटाउने निर्णय गरेको हो । स्वदेश एफ.एम. को दैनिक बहसमुलक कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै वडा नं २ का वडाअध्यक्ष इश्वरीप्रसाद ढकालले दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालय स्थापनाका लागि विद्यालयले जमीन उपलब्ध गराउने जनाउनुभयो ।

माडीको हरिनगरमा शिक्षालय निर्माणको प्रक्रिया निश्चित भइसकेको अवस्थामा हिजो त्यो ठाउँभन्दा धेरै जमीन सहित भैरवपुरको प्रस्ताव आएपछि यो बिषय पुनः एकपटक तरंगित भएको छ । उता, माडी नगरपालिका वडा नं. २ कै सितलपुरस्थित देवीस्थान आधारभूत विद्यालय पनि शिक्षालयका लागि आवश्यक जमीन जुटाउन लागी परिरहेको छ ।

SwadeshPost