बहुप्राविधिक शिक्षालयका लागि हरिनगरकाे जग्गा पास गर्ने प्रक्रिया सुरुवात

177
SwadeshPost

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सि.टि.इ.भि.टी. ले आंगिक क्याम्पसका रुपमा सञ्चालन गर्न लागेको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका लागि जग्गा पास गर्ने प्रक्रिया सुरुवात भएको छ ।

माडी नगरपालिका वडा नं. ६ स्थित हरिनगर आधारभूत विद्यालय हरिनगरको भवन रहेको जनकल्याण माध्यमिक विद्यालयको ४ बिगाहा १९ कठ्ठा १३ धुर जग्गा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरलाई हस्तान्तरणको लागि माडीको बसन्तपुरस्थित मालपोत कार्यालय माडीमा निवेदन दर्ता भएको छ । निवेदनका साथ माडी नगर कार्यपालिकाको निर्णय प्रतिलिप, शिक्षा विकास तथा समन्वय ईकाई भरतपुर चितवनको सिफारिस, जनकल्याण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णय, शिक्षा परिषद्को स्वीकृत निर्णय समेत नत्थी गरिएको छ ।

दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनियरिङ, कृषि र पशु बिज्ञान बिषय सञ्चालन हुने जनाइएको छ । माडीमा स्थापना हुन लागेको सो शिक्षालयलाइ सम्पूर्ण माडीले गौरवका साथ अंगाल्नु जरुरी रहेको भन्दै छिट्टै सञ्चालनमा आउन लागेको शिक्षालयको जग्गा पासको प्रक्रिया पुरा गरी काम सम्पन्न गरिदिने मालपोत कार्यालय माडीका प्रमुख कुस्माखर अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost