नगरप्रमुखसंग अन्तरक्रिया गर्दै बालबालिकासँग मेयर कार्यक्रम सञ्चालन

775
SwadeshPost

माडी नगरपालिका र ICID को आयोजनामा बालबालिकासँग मेयर कार्यक्रम सञ्चालन गरिएकाे छ । एक साप्ताहिक टेलिभिजन कार्यक्रम श्रृङ्खला अन्तरगत बालबालिकासँग मेयर कार्यक्रम बुधबार माडी नगरपालिका–३ बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।

करिब ६० जना बिधार्थीहरु र सम्बन्धित विद्यालयका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको सो कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकाल, स्वास्थ्य शाखाका प्रतिनिधी गोबिन्द पौडेल, शिक्षा शाखाका प्रतिनिधी सरिता सापकोटा र पर्यटन बिकास समितिका सचिव गोबिन्द न्यौपाने लगायतकाे सहभागिता रहनुभएको थियो । कार्यक्रममा विद्यार्थिहरुले आ–आफ्नो विद्यालयप्रतिको गुनासो र विद्यार्थीहरुको अध्ययनमा देखा परेका समस्याहरुलाई जस्ताको तस्तै नगरप्रमुख ठाकुरप्रसाद ढकालसंग प्रस्तुत गरेका थिए भने नगरप्रमुख ढकालले समस्याको समाधान गर्ने प्रतिवद्धता सहित प्रत्यक्ष विद्यार्थिहरुसंग अन्तरक्रिया गर्नुभएको थियो ।

नगरप्रमुखसंग सिधा अन्तरक्रिया गर्न पाउँदा हर्षित विद्यार्थीहरुले खुलेर आ–आफ्नो जिज्ञासा राखेका थिए । केहि विद्यार्थीहरुले विद्यालय आउँदा कयौं खहरेखोला पार गरेर आउनुपर्दा वर्षायाममा आफ्नो अध्ययनमा प्रत्यक्ष प्रभाव परेको, केहिले विद्यालय जाँदै गर्दा जंगली जनावरको आतंक बढ्ने गरेकोले नगरप्रमुखले यस विषयमा गम्भीर भएर लाग्ने र विधार्थीको समस्या समाधान गर्न पहल गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

SwadeshPost