नारायणगढ माडी ठोरी रूटकाे बसभाडा बढ्याे, प्रतिकिमि रू २.४५ कायम

560
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी सडकमा चल्ने यात्रु बसको भाडा हिँजोदेखि बढेको छ । यातायात व्यवस्था विभाग अन्तरगतको यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले हिजो एक सुचना प्रकाशित गरी सवारी भाडा बढेको जनाएको हो । समायोजित भाडामा प्रतिकिलोमिटर रु २ रुपैंया ४५ पैसाको दररेट कायम भएको यातायात व्यवस्था सेवा कार्यालय प्रमुख देवि प्रसाद आचार्यले जानकारी दिनुभयो ।

नयाँ भाडादर अनुसार भरतपुरस्थित केन्द्रीय बस टर्मिनलदेखि बसन्तपुरको बसभाडा ११० रुपैंया भएको छ । यसअघि भरतपुरबाट बसन्तपुरको सवारी भाडा ८५ रुपैंया रहेको थियो । त्यसैगरी, भरतपुरबाट बनकट्टाको रु ८५, गर्दी/सेरुवाको रु ९०, बरुवाको ९८ र चिरौली/सिधुवाको रु १०५ कायम भएको छ । नारायणगढबाट बसन्तपुर पूर्वतर्फ कल्याणपुरको बसभाडा रु १२०, कीर्तनपुरको रु १२३, देबेन्द्रपुरको रु १३०, खरकट्टाको रु १३६ र टम्टा/कृष्णनगरको रु १४० भएको छ भने भरतपुरबाट बगहीँको रु १५० कायम भएको सुचित गरिएको छ ।

बसभाडा बढाउने बिषयमा केहि दिनअघि माडी नगरपालिकामा भरतपुर माडी ठोरी रुटमा यात्री भाडादर निर्धारणका लागि बहुपक्षीय छलफल गरी जिल्ला प्रशासन कार्यालयलाई प्रतिकिलोमिटर २ रुपैंया ६५ पैसा कायम गर्न सिफारिस गरिएको थियो । तर प्रमुख जिल्ला अधिकारी नेतृत्वको भाडादर निर्धारण समितिले त्यसमा प्रतिकिलोमिटर २० पैसा कम गरी नयाँ भाडादर कायम गरेको हो ।

SwadeshPost