बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे

372
SwadeshPost

बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको थियो । बिहिबार दिउँसोदेखि हराइरहेको अवस्थामा राईलाई खोज्दै जाँदा स्थानीयबासीले शुक्रबार विहान ११ बजे गोविन्देश्वर सामुदायिक वनमा फेला पारेको ईलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको थियो ।

मृतकको परिवारलाई क्षतीपूर्ति दिलाउने प्रक्रिया सुरुवात गरिएको र तत्कालका लागि काजक्रियाका लागि उपभोक्ता समितिबाट पच्चीस हजार उपलब्ध गराइने अध्यक्ष मथुरा बहादुर भण्डारीको भनाई छ । अति बिपन्न परिवारका राईको मृत्युसंगै उहाँको परिवार बिक्षिप्त बनेको छ । मृतक राइलाई पोष्टमार्टमका लागि भरतपुर पठाइएको थियो । पोष्टमार्टमपश्चात माडीमै उहाँको अन्तिम संस्कार गरिएको परिवार श्रोतले जनाएको छ ।

SwadeshPost