छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड माडीद्वारा कुखुरापालन तालिम प्रदान

309
SwadeshPost

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीको आयोजानमा आधारभुत कुखुरापालन तालिम सम्पन्न भएको छ । “उन्नत तथा स्थानिय जातका सबले कुखुरा पालौं, आफु खाऊँ, बेचौं, पैसा कमाऊँ र आत्मा निर्भर बनौं” भन्ने नारासहित सो तालिम सम्पन्न भएको शाखा प्रबन्धक सरोज राज जोशीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

चिरौलीस्थित अबिनाश कटेजमा बिहान १० बजेदेखि सञ्चालन भएको सो तालिममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माडी शाखामा आबद्ध ३२ जना सदस्यहरु सहभागी रहेका थिए । छिमेक बजार व्यवस्था कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन भएको सो तालिमका सहभागीहरुले तालिमबाट उन्नत तथा स्थानीय जातका कुखुरा पालनको शीप सिकेर आफूहरु रोजगार हुन तथा आयआर्जनमा सहयोग पुग्ने बिचार राखेका थिए ।

SwadeshPost