माडीमा धानखेति प्रविधि, धानको रोग र रोकथामकाे प्रशिक्षण कार्यक्रम सुरू

144
SwadeshPost

श्रमिक कृषक समुह माडी नगरपालिका ५ बेलुवाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत प्रतिभा गहुँपकेट साना किसानको २ दिने प्रशिक्षण कार्यक्रम हिजो (सोमबार) बाट सुरु भएको छ । कार्यक्रममा धानखेति प्रविधि, धानको रोग र रोकथाम, धानमा लाग्ने किरा र त्यसको रोकथाम, गहुँको बिउ उत्पादनको प्रविधि लगायत अन्य कृषि सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिइएको प्रमुख प्रशिक्षक रेग्मिले स्वदेश एफ.एमलाई जानकारी दिनुभयो ।

दुइदिन सञ्चालन हुने कार्यक्रममा प्रमुख प्रशिक्षक माडी नगरपालिका कृषि शाखा प्रमुख वेद प्रसाद रेग्मी रहनुभएको छ भने माडी कृषि समन्वय समितिका संयोजक शुरेश बहादुर थापा रहनुभएको छ । कार्यक्रम श्रमीक कृषक समुह बेलुवाका २८ जना किसानको उपस्थितीमा सञ्चालन भएको थियो ।

 

SwadeshPost