माडी नगरको आ.व. २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

220
SwadeshPost

माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले हिजो आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेको सभाकक्षमा सम्पन सो कार्यक्रममा नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा माडी नगरपालिकाका हाल कायम दुइजना प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र हरिदत्त कँडेल, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखा प्रमुख र कर्मचारीहरु सहभागी रहेका थिए । हिजोको समीक्षा कार्यक्रममा बिषयगत शाखाहरुमध्ये स्वास्थ्य शाखाबारे शिव सुवेदी, शिक्षा शाखाबारे टंक न्यौपाने, कृषि शाखाबारे बेद प्रसाद रेग्मी, पशुपंक्षी शाखाबारे टेकनाथ दाहाल र आयुर्वेद शाखाबारे डा. हिमालय कुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो । कार्यक्रममा केहि महिना अघि सकिएको आर्थिक बर्ष २०७४/७५ मा सम्पन्न अन्य योजना तथा कार्यक्रमहरुको प्रभावकारिता र त्यसमा देखिएका टिप्पणी वा गुनासोहरुमाथि छलफल तथा समीक्षा भएको माडी नगरपालिकाले जनाएको छ ।

यसैबिच, माडी नगरपालिकाले भोलि शुक्रबार सार्वजनिक सुनुवाई गर्न लागेको छ । एक आर्थिक बर्ष पुरा भइसक्दा पनि सार्बजनिक सुनुवाई नभएको गुनासो बढिरहेको सन्दर्भमा भोलि सार्बजनिक सुनुवाईको कार्यक्रम तय गरिएको नगर प्रमुख ठाकुर प्रसाद ढकालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost