माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध

348
SwadeshPost

माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध भएको छ । बाँदरझुलास्थित आधारभूत विद्यालयको छतमा रहेको नेपाल टेलिकमको टावरले जि.एस.एम. प्रविधीको मोबाइल र टु जी डाटा उपलब्ध गराउँदै थियो । सोलार प्रणालीबाट चल्ने गरेको सो टावरमा समस्या आएपछि विगत लामो समयदेखि बाँदरझुलामा मोबाइल टेलिफोन अवरुद्ध भएको माडी नगरपालिकाको कार्यपालिका सदस्य समेत रहनुभएका बाँदरझुलाबासी जगराम प्रजाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यता, नेपाल टेलिकमले बाँदरझुलाको टावर मर्मत गर्न कुनै चासो देखाएको छैन । बाँदरझुलाका सबै प्लटहरुमा नेटवर्क पु¥याउन हाल रहेको टावरको उचाई बढाउनु जरुरी रहेको तर यसका लागि चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरिरहेको आरोप लगाउँदै तत्काल सुधार गर्नुपर्ने पाटोमा पनि ध्यान नदिई नेपाल टेलिकमले वेवास्ता गरिरहेको हो । नेपाल टेलिकमको मोबाइल बाहेक निजी क्षेत्रबाट सञ्चालित एनसेनको सेवा समेत बाँदरझुलामा प्रभावकारी रहेको छैन । मोबाइलको टावर नहुँदा उच्च स्थानहरुमा गई नेटवर्क सर्च गरेर कुराकानी गर्नुपर्ने बाध्यता रहेको छ । सुचना तथा सञ्चारको अत्यावश्यक पक्षका रुपमा रहेको मोबाइल सेवा नै अवरुद्ध हुँदा ठोरीबासी सञ्चार सम्पर्कबाट बिच्छेद भएका छन् ।

SwadeshPost