सन्तानेश्वरको पोखरीमा एक अधबैंसे पुरुष व्यक्ति मृत अवस्थामा भेटिए

390
SwadeshPost

माडी नगरपालिका–६ सन्तानेश्वरको पोखरीमा एक अधबैंसे पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका छन् । अन्दाजी ४५ वर्षका पुरुषको शब पोखरीमा डुबेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–३, रतनीका लक्ष्मण महतो रहेको प्रहरीले जनाएको छ । विहिबार साँझ करिब ५ बजेतिर पुरुषको शब पोखरीमा उत्रेको अवस्थामा देखेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SwadeshPost