जनप्रतिनिधी निर्वाचित भएपछि पहिलाेपटक मानपाकाे सार्वजनिक सुनुवाई हुँदै

162
SwadeshPost

माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले आज बसन्तपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नगरपालिकामा जनप्रतिनिधीहरु निर्वाचित भएको १ बर्ष पुरा भइसक्दा पनि सार्वजनिक सुनुवाई हुन नसकेको भन्दै चौतर्फी आलोचना भइरहँदा आजका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको हो । स्थानीय निकाय सञ्चालन कार्यबिधीले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपने स्पष्ट निर्देश गरेको भएपनि माडी नगरपालिकाले गत आर्थिक बर्षमा कुनैपनि सार्वजनिक सुनुवाई गरेको थिएन ।

सार्वजनिक सुनुवाई नभएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्र नै बुझाएको थियो । आजको सार्वजनिक सुनुवाईमा गत असार मसान्तमा सकिएको आर्थिक बर्ष २०७४/७५ का योजना, नीति तथा कार्यक्रमहरुमा आम नागरिकहरुले उठाएका सार्वजनिक टिप्पणी र गुनासोहरु निरुपण हुनेछन् । नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसी सरुवा हुनैलाग्दा नगरपालिकाले सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

यसैबिच, आजदेखि माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिदत्त कंडेललाई दिइएको छ । त्यसैगरी माडी नगरपालिकाको लेखा अधिकृतको जिम्मेवारी सुरेश कुमार अधिकारीलाई दिइएको छ । हिँजोसम्म नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका कृष्ण प्रसाद जैसी आजको सार्वजनिक सुनुवाईमा सहभागी भएसंगै बिदाई हुन लाग्नुभएको हो ।

SwadeshPost