मानपाद्वारा ठाेरीकाे चाैतारादेखि माडीकाे बाँदरझुला जाेड्ने बाटाे मर्मत सुरू

174
SwadeshPost

पूर्वी माडीको बाँदरझुलामा सवारीसाधन आवतजावतमा सहजताको लागि बाटो बनाउने काम शुरु भएको छ । माडी नगरपालिकाको डोजर, लोडर, ट्याक्टर लगायतका निर्माण साधनले विहीबार दिउसो ३ बजेदेखि बाँदरझुलाको बाटो निर्माण सुरु गरेको हो । हाल ठाेरीकाे चाैतारादेखि बाँदरझुला जाेड्ने बाटाे मर्मत गरिँदैछ ।

बाटो निर्माण कार्यको सहजिकरणका लागि माडीका नगर प्रमुद ठाकुरप्रसाद ढकाल, वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी लगायतको टोली बाँदरझुला पुगेको थियो । बाटो निर्माणका लागि जनप्रतिनिधीहरु नै उपस्थित भएपछि बाँदरझुलामा डोजर, लोडर लगायतका साधनहरु चल्न सहज भएको हो । बाँदरझुलाको बाटो मर्मत भई काम पुरा भएपछि मात्रै नगरपालिको निर्माण साधनहरु कार्यालयमा फर्किने बाँदरझुला बाटो निर्माण समितिका सचिव तथा हाम्रा सहकर्की मोहन स्याङतानले जानकारी दिनुभयो ।

बाँदरझुला जाने बाटो बन्न नसक्दा बर्षायाममा सर्बसाधरणलाई सास्ती भइरहेको थियो । आर्थिक वर्ष २०७४/७५ मा रु पन्ध्रलाख विनीयोजन गरेको भएतापनि चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण बाटो बनाउन डोजर जान सकेको थिएन । बाटो सहज नहुँदा सुत्केरी लगायत आपतकालीन बिरामीहरुको लागि एम्बुलेस समेत जान नसक्दा करिब ५०० घरधुरी रहेको बाँदरझुलाबासीले सास्ती खेप्नुपरेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार प्रजाले स्वदेश एफ.एम.लाई बताउनुभयो ।

(फाइल फाेटाे)

SwadeshPost