स्टार कपमा चिरौली युनाइटेड बी र जनआस्था क्लब क्वार्टरफाइनल प्रवेश

504
SwadeshPost

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज नवौंं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् ।

आजको पहिलो खेल दिउँसो २:३० बजेपछि चिरौली युनाइटेड क्ल्ब बी र चैनपुर फुटबल क्लब बी बिच भएकोमा निर्धारित समयमा 0-0 गोलको बराबरी भएपछि ट्राइबे्रकरमा चिरौली युनाइटेड क्लब बी ४–३ गोलअन्तरसहित बिजयी भएको छ । खेलको म्यान अफ द म्याच चिरौली युनाइटेडका गोलरक्षक सुवास महतो घोषित हुनुभएको छ ।

त्यसैगरी दोश्रो खेल करीब ४:३० बजे जनआस्था युवा क्लब, माडी–६, कल्याणपुर र जीतबाहन युवा क्लब, गर्दी बिच भएकोमा ४–० गोल अन्तर सहित जनआस्था युवा क्लब बिजयी भएको छ । खेलको म्यान अफ द म्याच जनआस्था युवा क्लबका खेलाडी भानु गुरुङ हुनुभयो । खेलकाे दाेश्राे हाफ चल्दैगर्दा केहि विवाद भएपनि पछि साम्य भएकाेमा पछि सुचारू भएकाे थियाे ।

प्रतियोगिता अन्तरगत भोलि एघारौं दिन क्वार्टस फाइनलका २ वटा खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेल १:३० बजे स्टार स्पोर्टस् क्लब, बरुवाको भेट्रान टिम र बर्डस नेपाल, बघौंडा ए का बिच हुनेछ भने दोश्रो खेलमा दिउँसो ३:३० बजेपछि स्टार स्पोर्टस् क्लब बी (रातो) र चिरौली युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost