निकुञ्जका जनावरबाट माडी उपत्यकामा जनधनको क्षती बढ्दाे

317
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुबाट माडी उपत्यकामा जनधनको क्षती बढ्दै गएको छ । गत आर्थिक बर्षमा मात्रै बन्यजन्तुको आक्रमणका कारण ३ जनाको मृत्यु तथा ६ जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसंग स्वदेश एफ.एम.ले माग गरी प्राप्त गरेको लिखित सुचनामा जनाइए अनुसार गत आर्थिक बर्षको अवधीमा ६ वटा घरगोठ तथा २२ वटा पशुधन क्षती भएको छ भने ६ ठाउँबाट भण्डार गरी राखेको ठाउँबाट अन्नबाली क्षती भएको छ । त्यसैगरी निकुञ्जका जनावरहरुले २५४ जनाको बालीनालीमा क्षती पु¥याएको जनाइएको छ ।

सो अवधीमा अयोध्यापुरी उपभोक्ता समितिले १३ लाख ७५ हजार ८५ रुपैंया राहत रकम सिफारिस गरी पठाएको थियो । त्यसमध्ये ११ लाख ३९ हजार ५८५ निकासा भइसकेको र २ लाख ४४ हजार ५०० रुपैंया राहत रकम भुक्तान लैजान बाँकी रहेको जनाइएको छ । त्यसैगरी रेवा उपभोक्ता समितिले १२ लाख ४४ हजार २४० रुपैंया राहत रकम सिफारिस गरेकोमा ८ लाख ५७ हजार रुपैंया निकासा भएको र ४ लाख ५५ हजार ९० रुपैंया भुक्तानी बाँकी रहेको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिले ४५ लाख ५३ हजार ३५७ रुपैंया राहत रकम सिफारिस गरेकोमा ६४ हजार भुक्तानी बाँकी रहेको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ९ लाख १० हजार २६० रुपैंया राहत रकम सिफारिस गरेकोमा ३४ हजार २६० रुपैंया भुक्तानी बाँकी रहेको चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको सुचनामा उल्लेख गरिएको छ ।

बिगतका तथ्यांकहरुको बिश्लेषण गर्दा यो क्रम हरेब बर्ष बढ्दो क्रममा रहेको देखिएको छ । मानवीय हताहती तथा पशुपंक्षी एवं बालीनालीको क्षती बढ्दै गएपछि निकुञ्ज ऐन शंसोधन गरी राहतको ठाउँमा क्षतीपूर्ती पाउनुपर्ने व्यवस्था राख्न दबाब बढ्दै गएको छ ।

SwadeshPost