काँग्रेस माडी २ वडा समितिले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझायाे

286
SwadeshPost

नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. २ वडा समितिले बिहीबार स्थानीय वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ ।

बिहीबार दिउँसो माडी नगरपालिका वडा नं. २ को वडा कार्यालय, जीवनपुरमा काँग्रेस वडा नं. २ का सभापति जीवलाल लुइँटेल नेतृत्वको एक टोलीले वडाध्यक्ष ईश्वरी प्रसाद ढकाललाई ध्यानाकर्षण तथा सचेतना पत्र हस्तान्तरण गरेको हो । सो पत्रमार्फत काँग्रेस वडा समितिले वडा कार्यालयद्वारा लागु गरिएको करको कर प्रणालीको आलोचना गर्दै त्यसलाई सहुलियत गर्न अनुरोध गरेको छ । त्यसैगरी, भंगता, सितलपुर लगायतका गाउँहरुमा रहेको सुकुम्बासी समस्याको समाधानमा वडा कार्यालयले पर्याप्त काम नगरेको, विकास निर्माणको काममा सुस्तता भएको र योजना तथा उपभोक्ता समितिहरु गठन गर्दा अन्य पक्षहरुलाई नसमेटिएको आरोप लगाइएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै वडाध्यक्ष ईश्वरी ढकालले वडा कार्यालयबाट हल हुनसक्ने कामहरु वडामार्फत हल गर्ने जनाउँदै वडाको विकास निर्माणमा सबै पक्षहरुलाई समेटेर लैजान थप मिहिनेत गर्ने जनाउनुभयो । काँग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म सचेतना पत्र बुझाउने केन्द्रीय कार्यक्रम अन्तरगत यानाकर्षण, सचेतना वा ज्ञापन पत्रहरु बुझाउँदै आएको छ ।

SwadeshPost