क्यान्सर पीडित भुसालको उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरित

136
SwadeshPost

घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियानका क्रममा संकलित रकम मंगलबार हस्तान्तरण गरिएको छ । भुसालको उपचार सहयोगार्थ रविन्द्र सिह ठकुरी, उमाकान्त शर्मा, हरिराम रेग्मी, भीमलाल पाठक, केशव ढकाल, शालिग्राम सापकोटा लगायतले सामाजिक सञ्जालहरुमार्फत अभियान सञ्चालन गरिरहनुभएकोमा संकलित एक लाख ६४ हजार ७३० रुपैंया पीडित भुसाल पक्षलाई हस्तान्तरण गरिएको हो ।

माडी नगरपालिका वडा नं. १, बरुवा बजारमा आयोजित एक कार्यक्रममा सहयोग संकलनका मुख्य अभियन्ता रबिन्द्र सिह ठकुरीले समस्त सहयोगीहरुलाई धन्यवाद ज्ञापन सहित रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग संकलनको अभियान निरन्तर जारी रहेकोले थप सहयोगी हातहरु भेटिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा साविक गर्दी गा.बि.स. को वडा नं. ९ का वडाध्यक्ष रहिसक्नुभएका यमकान्त भुसालले भरतपुरस्थित बि.पी. कोइराला क्यान्सर अस्पतालमा उपचार गराइ रहनुभएको हो । किमोथेरापी पश्चात हाल उहाँको स्वास्थ्यस्थितिमा निकै सुधार आइसकेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । सहयोग संकलन अभियानको सम्पूर्ण विवरण आधिकारिक रुपमा स्वदेश एफ.एम.मार्फत सार्वजनिक हुँदै आएको छ

SwadeshPost