ब्रह्मपुरीकाे सामुदायिक भवन निर्माणमा सघाउन सहयाेगदाताहरु बढे

148
SwadeshPost

समुदायका लागि सामुदायिक भवन निर्माण सहयोगार्थ सञ्चालित अभियान अन्तरगत माडी नगरपालिका ५ ब्रह्मपुरीमा सहयोग गर्ने सहयोगदाताहरुको क्रम बढिरहेको छ ।

करिब २ लाखको अनुमानित लागतमा भवन निमार्ण सुरु गरिएको भएपनि निमार्णकार्य सुचारु भएपश्चात लागत बढेको थियो । सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गर्नको लागि रकम अपुग भएपछि प्रवासमा रहनुभएका स्थानिय युवाहरुद्वारा सहयोग गर्ने क्रम हालसम्म पनि जारी रहेको छ । भवन निमार्ण कार्य सम्पन्न गर्नको लागि स्थानिय युवाहरुको निरन्तर साथ र सहयोग मार्फत हालसम्म २४ जना सहयोगदाताहरुबाट रु. १ लाख ४२ हजार २३ रुपैयाँ संकलन भएको सामुदायिक भवन निर्माण समितिले जनाएको छ । सामुदायिक भवनको लागि सहयोग गर्ने सहयोग दाताहरु बढिरहेकोले अब भवनसंगै एक बैठक कोठा र एक कार्यालय कक्ष निर्माण गर्ने योजना रहेको र यसअन्तरगत आउँदो दिपावलीमा समेत गाउँमा देउसी भैलो खेल्ने तयारी भैरहेको समितिका सचिव सुलभबन्धु पोख्रेलले जानकारी दिनुभयो ।

दक्षिण ब्रह्मपुरी आसपासमा रहेका समिति, संघसंस्था र समुहहरुमा हुने कुनैपनि बैठक, छलफल र कार्यक्रम गर्न सामुदायिक भवन उपभोग गर्न सकिने सामुदायिक भवन निर्माण समितिका सचिव पोख्रेलले स्वदेश एफ.एम. लाई जानकारी दिनुभयो ।

SwadeshPost