माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल निर्माण जारी

272
SwadeshPost

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन थालिएको छ ।

रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा रहेको दिवानगरस्थित सो क्षेत्रमा ४७ माडीकै अग्लो मन्दिरका रुपमा जगबाट ४७ फिट अग्लो मन्दिर निर्माण जारी रहेको हो, जहाँ माडीकै अग्लो करीब ७ फिट उचाई भएको शिव भगवानको मुर्ती प्रतिस्थापन भएको छ । मन्दिर परिसरमा हाल करीब १ बिगाहा क्षेत्रफलमा तलाउ बनिसकेको र त्यसलाई बढाएर ४ बिगाहा क्षेत्रफल भएको माडीकै सबैभन्दा ठूलो तलाउ निर्माण गरिने त्रिबेणी धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । त्यसैगरी, त्रिबेणी धाम क्षेत्रमा पिकनिक स्पट र रोचा पनि भनिने लोपोन्मुख तामाको ठूलो घ्याम्पो समेत स्थापना गरिने उहाँको भनाई थियो । मन्दिर निर्माणको काम करीब ९० प्रतिशत पुरा भइसेकेको र आउँदो माघे संक्रान्तिको दिन माघी मेला सहित त्यसको उद्घाटन गर्ने समितिको योजना रहेको छ ।

यसैबिच, त्रिबेणी धाम मन्दिर व्यवस्थापन समितिको आयोजनामा यस बर्षपनि श्रीमद्भागवत महाज्ञान सप्ताह महायज्ञ आयोजना हुने भएको छ । दुई बर्षअघि सप्ताहव्यापी र गतबर्ष तीनदिने महायज्ञ सम्पन्न भएको सो स्थानमा यस बर्ष भव्य माघी मेलासहित महायज्ञ आयोजना गरिएको समितिका अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

SwadeshPost