व्यवसायी र सरकारबिचकाे सहमती चालकहरुले नमान्दा सवारी चलेनन्

303
SwadeshPost

यातायात व्यवसायी र सरकारबिच हिँजो भएको सहमती सवारी चालकहरुले नमान्दा आज माडीसंगै देशका विभिन्न ठाउँहरुमा सवारी साधन सञ्चालन हुन सकेन । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समन्वयमा गृह सचिवसंग नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका पधादिकारीहरूले फोनवार्ता गरेकोमा काठमाडौंमा अन्तिम वार्ता गरी सार्वजिक सवारीसाधन चलाउन यातायात व्यवसायीहरु हमत भएका थिए । तर सहमती पालन गर्न सवारी चालकहरु तयार नभएपछि आज अनपेक्षित रुपमा सवारी साधन बन्द रहन पुगेका छन् ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउने चालकहरुले मंगलबारबाट सवारी नचलाउने घोषणा गरेका थिए । सवारी साधन सुचारू हुनेबारे देशभरका सञ्चारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित भएसंगै हर्षोल्लाहसका साथ गन्तब्यतर्फ तयारीका साथ बसस्टेसनमा सवारीसाधनको पर्खाईमा रहेका यात्रुहरूले अन्तिममा आएर सवारी नचल्दा आजपनि सास्ती खेप्नुपरेको छ । माडी उपत्यकामा पनि रुटअनुसार गाडी नचल्दा माडीबासी यात्रुहरु समस्यामा परेका छन् ।

यसैबिच, बन्दको कारण अलपत्र परेका सर्वसाधरणहरूबाट माडी उपत्यकामा अटोरिक्सा व्यवसायीहरुले चर्को भाडा असुलेको गुनासो आएको छ । सर्वसाधरण मात्र नभई बिरामी भएर अस्पताल आउनेहरुले समेत चर्को भाडामा आवतजावत गर्नु परिरहेको गुनासो गरेका हुन् । सामान्य भाडा ५० लाग्ने माडीको बगही पुग्न १ जना बराबर २५० देखि ५०० सम्म लिइरहेको तथा अन्य समयमा २० रुपैयाँमात्र भाडा लाग्ने कृतनपुर पुग्न समेत १०० रुपैयाँसम्म लिने गरेको भेटिएको छ । बन्द नखुलेसम्म अस्पताल आउने बिरामीदेखी सर्वसाधरणहरुले यो सास्ती बाध्यताबस सहनुपर्ने देखिएको छ ।

SwadeshPost