भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने

403
SwadeshPost

कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गरिने भएसंगै भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भोलि असोज ७ गते देखि ११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म कालीगण्डकीबाट विद्युत उत्पादन बन्द हुने भएकाले दैनिक २ घण्टा लोडसेडिङ हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

माडीको बसन्तपुरमा रहेको सबस्टेशनमा पश्चिमी चितवनको चनौलीबाट चनौली जगतपुर माडी ३३ के भी सब प्रसारण लाइनमार्फत बिद्युत आपुर्ती हुने गरेको छ । मेघौली क्षेत्रमा बिद्युत आपुर्ती बन्द हुने भएसंगै त्योसंगै माडी उपत्यकामा पनि बिद्युत अवरुद्ध हुने भएको हो ।

१४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको मर्मत सम्भार नसकिएसम्म लोडसेडिङ हुनेछ । सो अवधीमा भरतपुर र चितवन पश्चिमका १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति हुने माडीसंगै भरतपुर र पश्चिम चितवनमा सबै जसो ठाउँमा लोडसेडिङ हुने इन्जिनियर पौडेलले जनाउनुभयो ।

SwadeshPost