चितवन राष्ट्रिय निकुञ्जद्वारा पुनः बाँदरझुला बस्ती हटाउने प्रकृया सुरू

199
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जले पुनः बाँदरझुला र कुसुमखोला लगायतका बस्ती हटाउने प्रकृया थालेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग बबरमहल काठमाडौंले चितवन राष्ट्रिय निकुञ्जलाई परिपत्र जारी गरी बाँदरझुला बस्ती खाली गराउन निर्देशन दिएसंगै निकुञ्जले बस्ती हटाउने प्रयास थालेको हो ।

बस्ती हटाउन बन अतिक्रमण तथा व्यवस्थापन रणनीति २०६८ को कार्यबिधी अनुरुप तुरुन्तै कार्ययोजना निर्माण गर्न निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद प्रसाद ढकालले निकुञ्जको माडी बगहीँ सेक्टरलाई पत्र लेख्नुभएको हो । यसअघि बन मन्त्रालय अन्तरगतको ाष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जलाई बाँदरझुलाको स्थलगत प्रतिवेदन कार्यान्वयन गर्न पत्राचार गरेको थियो । यसअघि पनि निकुञ्जले पटक पटक बाँदरझुलालाई हटाउने प्रयास गरिरहेको भएपनि सफल हुन सकेको भने छैन ।

केन्द्रीय तहबाटै बाँदरझुला लगायतका बस्ती हटाउन निर्देशन भएसंगै एकपटक पुनः बाँदरझुला बासीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । चितवन क्षेत्र नं. ३ का साँसद तथा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बिना व्यवस्थापन बाँदरझुलालाई नसारिने प्रतिबद्धता जनाउनुभएको स्मरण गर्दै बाँदरझुलाबासी आन्दोलन गर्ने तयारीमा लागेका हुन् ।

SwadeshPost