काँसघारी बढेसंगै साना तथा घस्रने बन्यजन्तुहरु मानव बस्ती नजिकै

1.04K
SwadeshPost

गाईवस्तुको खुल्ला चरीचरण नियन्त्रणमा आएसंगै माडी उपत्यकामा रहेका खहरे खोलाहरु काँसघारीमा परिणत भएसंगै साना तथा घस्रने जन्तुहरु मानव बस्तीको नजिकै आइपुग्न थालेका छन् । माडी नगरपालिकाभित्र रहेका दुई दर्जन भन्दा बढी खहरेखोलाहरुमा काँसघारी बढेसंगै सर्प, अजिंगर, स्याल, दुम्सी आदिजस्ता घस्रने तथा साना जनावरहरु मानवबस्ती छेउमै आइपुगेका हुन् ।

यो वर्ष बाढीमा आएको कमी, स्थानीयले पशुपालनमा गरेको कटौती, पक्की तथा जस्ताका छाना भएका घरहरु निर्माणमा आएको वृद्धि लगायतका क्रियाकलापले अघिल्ला बर्षहरुमा भन्दा काँसघारी बढेको छ । माडीका विभिन्न गाउँ भएर बग्ने रीउ, मगोई, चितई, घाँघर, टुनाामुना, परुई, रिमाल लगायतका खहरेखोलाहरुमा यसपटक काँसको घारी फैलिँएको देखिन्छ ।

बिगतमा खोला बगर तथा बाँझो छोडिएका खेतहरुमा पलाएको काँस बिक्री गरी आम्दानी हुने गरेको थियो । गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनमा रहँदासम्म माडीका काँसघारीहरु आम्दानीका श्रोत बन्ने गरेका थिए । तर हाल पशुपालक कृषकहरुलाई सामान्य रुपमा घाँसपातका रुपमा तथा गोठ धन्सार बार्न र छाउन बाहेक अन्य तरिकाबाट आयआर्जनमा परिणत गर्न सकिएको छैन ।

SwadeshPost