जितियाको अवसरमा माडीका शैक्षिक संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरिए

308
SwadeshPost

आदिवासी थारु जातिको महान पर्व जितियाको अवसरमा माडीका थारु विद्यार्थी बहुल्य शैक्षिक संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । जितियाको अवसरमा पिसल्याण्ड इङलिस स्कुलमा जितिया विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल मााधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न खैरहनी माध्यमिक विद्यालयको अतिरिक्त कृयाकलाप विभागद्वारा बिहिबार फुटबल प्रतियोगिाता सम्पन्न भएको छ । खेलमा भृकुटी सदनलाइ टाइब्रेकरमा बलभद्र सदनलाई ३–२ ले  पराजित गरी उपाधी जितेको छ । प्रतियोगिताको बेष्ट स्ट्राइकर रविन नेपाली, बेष्ट गोलकिपर सिद्धान्त सापकोटा र बेष्ट डिफेन्स ओनिस महतो घोषित हुनुभयो भने बेष्ट मिडफिल्ड रवि रानाभाट घोषित हुनुभएको छ । खैरहनी माध्यामिक विद्यालयका प्रधानाध्यापक कुुलानन्द भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोमलनाथ भुसाल प्रमुख अतिथि रहनुभएको थियो । सिधुवा खेलमैदानमा सम्पन्न भएको उक्त खेलमा खैरहनी माध्यामिक विद्यालयका खेल शिक्षक माधव वस्नेतले रेफ्रिको भुमिका निर्वाह गर्नुभएको थियो ।

त्यसैगरी जितियाकै अवसरमा, बिहीबार पिसल्याण्ड इङ्गलिस स्कुलमा जितिया विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा थारुको साँस्कृतिक महत्वको जितिया झम्टा, थारुनाच, लाठीनाच (ठकरा) लगायत प्रस्तुत गरेका थिए । विद्यालयकी थारु शिक्षिका संगिता पावेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्राचार्य माधवप्रसाद पोख्रेल तथा विशिष्ट अतिथि विद्यालयका सह–प्राचार्य गुणराज सुवेदी रहनुभएको थियो । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, वडा नं. २ का वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख ईश्वरी ढकाल, स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाह र स्वदेश एफ.एम.कै प्रबन्ध निर्देशक तथा महिला अधिकारकर्मी अपेक्षा चौधरीको विशेष उपस्थिति रहेको थियो ।

SwadeshPost