सहकारीहरू बिच समायोजन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

525
SwadeshPost

रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी–७ को आयोजनामा शनिबार सहकारी बिच समायोजन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी बिचको एकताः आजको आवश्यकता भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा रेवा उपभोक्ता समिति क्षेत्र भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये गोपालनगर मत्स्यपालन कृषक सहकारी संस्था, सोमेश्वर रेशम सहकारी संस्था, रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था, ज्वाला महिला सहकारी संस्था लगायतका सहकारी संस्थाहरुबिच समायोजन प्रक्रियाको सम्बन्धमा अन्तरकृया कार्यक्रम गरिएको थियो ।

माडी नगर सहकारी व्यवस्थापन समितिका संयोजक इश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभाध्यक्ष रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष फणिन्द्रनाथ दवाडी रहनुभएको थियो भने विशिष्ट अतिथि माडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा रहनुभएको थियो । कार्यक्रमको सञ्चालन रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव खिमानन्द सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा छरिएर रहेका सहकारीहरु एकिकृत गरि सहकार्य गर्ने, छरिएर रहेको पुँजीलाई एकिकृत गरि सशक्त सहकारी बनाउन आ–आफ्नो समितिहरुमा गएर छलफल चलाउने लगायतका विषयहरुमा निर्णय गरिएको थियो ।

SwadeshPost