तराई मधेशमा आज धुमधामका साथ जितिया पर्व मनाइँदै

493
SwadeshPost

तराई मधेशमा आज धुमधामका साथ जितिया पर्व मनाइँदै छ । थारु तथा मधेसी समुदायका नारीले आफ्ना पति एवं सन्तानका लामो आयुको कामना गर्दै जितिया पर्व मनाउने चलन रहेको छ । तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ ।

सप्तमीका दिन नुहाएर खाएदेखि यो पर्व शुरु हुन्छ । पर्वको दोस्रो दिन आज अष्टमी तिथिका दिन ब्रतधारी महिलाहरु २४ घण्टाको लामो निराहार उपवास बस्ने गर्दछन् । उपवासका दिन ब्रतधारी महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहनका कथा श्रवन गर्ने तथा गीत भजन गाउने चलन रहेको छ । यस पर्वको अवसरमा ठाउँ-ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । यसै पर्वको अवसरमा महिलाहरु सामुहिक रुपमा झम्टा गाउने गर्दछन् ।

पर्वको अन्तिम दिन अर्थात भोलि नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा च्युरा, दही तथा सखरको प्रसाद बनाई अर्ध दिएर पर्वको समापन गर्ने गरिन्छ । माडी उपत्यकामा रहेका थारु गाउँहरुमा पनि जितियाको रौनक छाएको छ । आज माडीका सम्पूर्ण थारु गाउँहरुमा विशेष सर्षोल्लासका साथ यो पर्व मनाइँदै छ । आज स्वदेश एफ.एम.ले माडीका विभिन्न गाउँहरुमा सामुहिक भेटघाट तथा प्रत्यक्ष प्रसारण गर्न लागेको छ ।

यसैबिच, जतिया पर्वको पावन अवसरमा आज १५ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुन लागेको छ । चितवन माडी तेक्वान्दो डोजाङ, माडी, चितवनको आयोजनामा आज बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुन लागेको डोजाङ् प्रमुख सन्तोष मर्दनीयाले जानकारी दिनुभयो

SwadeshPost