सोमेश्वर मध्यवर्ती सा. वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

316
SwadeshPost

माडीकै सर्बाधिक क्षेत्रफल र उपभोक्ता रहेको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको बिहीबार २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७४/७५ बार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरि पारित गरिएको छ । त्यस्तैगरी वनको पञ्चवर्षिय योजनको समीक्षा गरि नयाँ पञ्चवर्षिय योजना निमार्ण गर्ने, वातावरणिय प्रभाव मुल्याङकन गर्ने, सिमसार क्षेत्रलाई पहिचान गरि सिमसार क्षेत्रको बिस्तार गर्ने, पर्यटकिय स्थलको रुपमा सम्भावित वनक्षेत्रमा पिकनिक स्पोटहरु निर्माण गर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

माडी क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रम सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष देविलाल पौडेलको अध्यक्षता तथा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वन समुहकी सचिव लक्ष्मी पौडेलले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रम समुहका उपाध्यक्ष चुडामणी महतोले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा नं. २, ३ र ५ का वडाध्यक्षहरु क्रमशः ईश्वरीप्रसाद ढकाल, पुरन महतो, रामबन्धु पोख्रेल उपस्थित रहनुभएको थियोे भने, बघौडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतो, माडीका क्रियाशील राजनैतिक दलका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय माडी, बनकट्टा पोष्टका रेन्जर र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत गरी करिब २५० जनाको उपस्थिति रहेको थियो ।

सो सामुदायिक बन क्षेत्रको क्षेत्रफल २ हजार १६६ हेक्टर रहेको छ भने कुल ३ हजार ७४४ घरधुरी सो बनका उपभोक्ता रहेका छन् । बनको क्षेत्रफल माडी नगरपालिका वडा नं. ५ को पूर्व रौतनी खोलादेखि वडा नं. ४ को पश्चिम भुजेल डाँडासम्म फैलिएको छ । बनका उपभोक्ताहरुमा माडी नगरपालिका वडा नं. ३, ४ र ५ का सम्पूर्ण गाउँबासी तथा वडा नं. २ को भैरवपुर, चिरौली, सिम्रहनी, बैराठ, नयाँपर्सा र लौगाई तथा वडा नं. ६ को बसन्तपुर गाउँबासीहरु रहेका छन् । बन समूहको बहालवाला कार्यसमितिका अध्यक्ष देवीलाल पौडेल रहनुभएको छ भने उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश ः चुडामणी महतो, लक्ष्मी पौडेल, पुष्पा चापागाई, र शंकर बहादुर कार्की रहनुभएको छ

SwadeshPost