बघौंडा अस्पतालको एम्बुलेन्सले मोटरसाइलकलाई ठक्कर दिँदा तीन घाइते

139
SwadeshPost

बघौंडा अस्पतालको एम्बुलेन्सले शनिबार एक मोटरसाइलकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीजना घाइते भएका छन् । शनिबार दिउँसो करीब ३ बजे माडी नगरपालिका वडा नं. ५ र ६ को सीमामा पर्ने रौतनी खोलाको छेउमा ना १ झ ६७५ नम्बरको एम्बुलेन्सले ना १९ प १२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक, माडी नगरपालिका ५, ब्रह्मपुरी बस्ने जितेन्द्र घतानेसंगै उहाँको बच्चा र श्रीमती घाइते भएको हाम्रा सहकर्मी राजेश घतानेले जानकारी दिनुभयो । एम्बुलेन्स चालकले अनियन्त्रित तवरबाट गाडी चलाई ठक्कर दिएको पीडित पक्षको भनाई थियो ।

SwadeshPost