माडीमा जारी दशैं कपकाे चाैथाे दिन बर्डस नेपाल , जनआस्था र साइड नेपाल ए विजयी

191
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को चौथो दिनका खेलहरुबाट बर्डस नेपाल बघौंडा, जनआस्था युवा क्लब र साइड नेपाल ए दोश्रो चरण प्रवेश गरेका छन् । साेमबार सम्पन्न पहिलो खेलमा बर्डस नेपाल बघौंडा र ताम्सालिङ युवा क्लब, बाँदरझुला भिँडेकोमा १–० गोलअन्तरसहित बर्डस नेपाल बघौंडा बिजयी भएको छ । सो खेलका म्यान अफ द म्याच बर्डस नेपाल बघौंडाका आकाश चौधरी घोषित हुनुभयो ।

त्यसैगरी साेमबार को दोश्रो खेल जनआस्था युवा क्लब र बिलिभर्स इस्टर्न चर्च बघौंडाबिच भएकोमा १–० गोलअन्तरसहित नै जनआस्था युवा क्लब, माडी नगरपालिका वडा नं. ६, दोश्रो चरण प्रवेश गरेका छ । सो खेलका म्यान अफ द म्याच जनआस्था युवा क्लबका किशोर चौधरी घोषित हुनुभयो ।आज (साेमबार)को तेश्रो खेल साइड नेपाल बसन्तपुर र माडी नगरपालिका वडा नं. ५ को बी टोलीबिच भएकोमा २–० गोलअन्तरसहित साइड नेपाल बसन्तपुर विजयी भएको छ । यस खेलका म्यान अफ द म्याच माडी नगरपालिका वडा नं. ५ टोलीका गोलरक्षक रोहन दराई घोषित हुनुभयो ।

मंगलबार प्रतियोगिताको पाँचौं दिनको पहिलो खेल मध्यान्ह १२ बजे ए. एफ.सी अयोध्यापुरी र ज्ञानज्योति युवा क्लब भैरवपुरबिच, दोश्रो खेल दिउँसो २ बजे साइड नेपाल बसन्तपुरको बी टोली र पल्लवी सन्देश युवा क्लब पौहारीबिच र तथा तेश्रो दिउँसो ४ बजे के.एफ.सी. खरकट्टा र बसन्तपुर युनाइटेड क्लबको बी टोलीबिच हुने कार्यतालिका रहेको छ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ

SwadeshPost