पर्यटन विकास समितिकाे आयोजनामा माडीमा पर्यटन प्रवर्दनका बिषयमा छलफल

147
SwadeshPost

पर्यटन विकास समिति, माडी नगरपालिकाको आयोजनामा मंगलबार पर्यटन प्रवद्र्धनका बिषयमा छलफल गरेको छ । पर्यटन विकास समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षता तथा माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुखको कार्यकक्षमा सम्पन्न सो कार्यक्रममा तराई भूपरिधी कार्यक्रम, इन्टरप्रिड, विश्व बन्यजन्तु कोष लगायतका संस्थाहरुको समेत सहभागिता रहेको थियो ।

मंगलबारको छलफलबाट माडीको पर्यटन विकासका लागि वेवसाइट निर्माण गर्ने, पर्यटन गुरुयोजना निर्माण गर्ने, ऐनकानुनमा रहेका समस्या हल गर्न पहल गर्ने र अन्तरदेशीय पर्यटन विकास गर्ने योजना बनाउने लगायतका सहमती भएका छन् ।

SwadeshPost