विजया दशमीको अवसरमा माडीकाे ऐतिहासिक बाबियो डाँडामा दुर्गा भवानीको पुजा हुने

409
SwadeshPost

नेपालीहरुको विशेष पर्व विजया दशमी (नवदुर्गा) को अवसरमा माडी नगरपालिका ७ जगन्नाथपुरीस्थित ऐतिहासिक बाबियो डाँडामा दुर्गा भवानीको पुजा हुन लागेको छ । बाबियोडाँडास्थित देविकोट मन्दिरमा नौ दिनसम्म सञ्चालन हुने सो पुजाको व्यवस्थित सञ्चालनका लागि ऋषि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय पुजा व्यवस्थापन समिति गठन भएको छ । समितिको सचिव र कोषाध्यक्षमा क्रमशः शोभाखर सुवेदी र चित्रकला सापकोटा रहनुभएको छ । मुल समितिसंगै विभिन्न कार्यमुलक उपसमितिहरु समेत गठन गरिएको हाम्रा सहकर्मी दीपा सुवेदीले जनाउनुभएको छ ।

SwadeshPost