बन्द अवस्थामा रहेको नरकटियागंजदेखि भिखनाठोरी चल्ने रेलसेवा सुचारु गर्न माग

223
SwadeshPost

नेपालसंग सीमा जोडिएको भारतको भिखनाठोरी क्षेत्रका भारतीय नागरिकहरुले नरकटियागंजदेखि भिखनाठोरी चल्ने ऐतिहासिक रेलसेवा सुचारु गर्न माग गरेका छन् । तात्कालीन ब्रिटिस इण्डीया सरकारका क्राउन प्रिन्सले शिकारमा आउँदा प्रयोग गरको तथा भारत स्वतन्त्रता संग्रामका समयमा महात्मा गान्धीले सत्याग्रह सुरुवात गरेको ऐतिहासिक भितिहरवा आश्रमको समेत साइनो रहेको सो रेलसेवा विगत केहि बर्षदेखि बन्द अवस्थामा रहेको छ । तर पूर्व मध्य रेलवेका अधिकारीहरुले नरकटियागंज भिखनाठोरी रेलखण्डको नाम परिवर्तित गरी नरकटियागंज गौनाहा रेलखण्ड कायम गर्न लागेको भन्दै भिखनाठोरी क्षेत्रका भारतीय नागरिकहरु असन्तुष्ट बनेका हुन ।

भारतीय रेल्वेको पूर्व मध्य रेलवेका अधिकारीहरुको गलत निर्णयका कारण १०७ बर्षदेखि सञ्चालनमा रहेको रेलसेवा बन्द भएको भन्दै सो क्षेत्रका भारतीय स्थानीयबासीहरुले आपत्ती जनाएका हुन् । रेल सेवा सुचारु नगरिए आन्दोलन गर्ने उनीहरुको तयारी छ । नरकटियागंजदेखि भिखनाठोरीको रेलमार्फत नेपालतर्फका ठोरी, माडी र अन्य क्षेत्रका यात्रीहरुले समेत सेवा पाउँदै आएका थिए ।

SwadeshPost