माडीकाे एकमात्र शनि मन्दिरमा आज घटस्थापना गरी देबीको पुजा अर्चना सुरु

213
SwadeshPost

माडीको दक्षिण देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा नवरात्रीको पहिलो दिन आज  (वुधबार)  घटस्थापना गरी देबीको पुजा अर्चना सुरु गरिएको छ । आश्विन शुक्ल प्रतिपदाको दिनमा पर्ने नवरात्रीको पहिलो दिन आज घटस्थापना गरी साँझ ८ बजेदेखिबाट भजनकीर्तन तथा भागवत कथा वाचन गरिएको हो ।

यसअघि नवदुर्गाको समयमा मन्दिर क्षेत्रमा दर्शन गर्न आउन श्रद्धालु भक्तजनहरुको अत्यधिक उपस्थिति रहने भएकाले सो कुरा मध्यनजर गर्दै पूजा व्यवस्थापन समिति गठन गरिएको छ । इन्द्रप्रसाद काफ्लेको संयोजकत्वमा गठित सो ३३ सदस्यीय पूजा व्यवस्थापन समितिमा सरसफाई संयोजक संजय गुरुङ, भजन कृतन संयोजक चन्द्र प्रसाद काफ्ले र आर्थिक संयोजक मिनादेवी काफ्ले रहनुभएको छ । मन्दिरमा आउँदो असोज ३० गते सप्तमीका दिन बिहान १० बजे पञ्चेबाजा सहित फुलपाती भित्र्याउने कार्यक्रम रहेको हाम्रा सहकर्मी तथा युवा पण्डित सुदर्शन सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost