माडी–६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता हुदैँ

243
SwadeshPost

माडी नगरपालिका वडा नं. ६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो असोज २८ गते बिहान ११ बजेबाट सुरुवात हुने सो प्रतियोगितामा ३५ बर्षभन्दा धेरै उमेर भएका खेलाडीहरु सहभागी हुन पाउने प्राबधान राखिएको छ । असोज २७ गते कार्यालय समयसम्म टीम दर्ता भइसक्नुपर्ने नियम रहेको सो प्रतियोगिताको बिजेता टोलीले पुरस्कारस्वरुप एकवटा लोकल खसी पाउने तथा उपविजेता टोलीले पुरस्कारस्वरुप नगद पाँच हजार रुपैंया प्राप्त गर्ने जनाइएको छ ।

माडीका ९ वटै वडाहरुबाट एक एकवटा भेट्रान टोलीले प्रतियोगितामा सहभागिता जनाउन पानउेछन् । जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने सो प्रतियोगिताको प्रवेश शुल्क भने प्रतिटोली रु १ हजार रहेको छ । सामान्यतः व्यवहारिक जीवन बिताइरहेकाहरुको सहभागिता रहने सो प्रतियोगिताले दशैंको समयमा रौनक ल्याउने कल्याणपुर क्षेत्रका स्थानीयबासीले विश्वास लिएका छन् ।

SwadeshPost